मंसिर ३० । पाकिस्तानको महिला क्रिकेट टिमले दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ। पाकिस्तानले आगामी जनवरीमा दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको हो। भ्रमण दौरान दुई टिमबीच ३ खेलको एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज हुनेछ। दुई टिमबीच सुरुवातमा एकदिवसीय सिरिज हुनेछ।
पहिलो एकदिवसीय जनवरी २०, दोस्रो जनवरी २३ र अन्तिम एकदिवसीय जनवरी २६ मा हुनेछ। यस्तै जनवरी २९ मा पहिलो टी-ट्वान्टी, जनवरी ३१ मा दोस्रो र फेब्रुवरी ३ मा अन्तिम टी-ट्वान्टी हुनेछ। एजेन्सी
Facebook Comments


























