काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकप) को स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा आजको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेको स्थायी कमिटी सदस्य तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए। गत आइतबारको बैठकमा ओली अनुपस्थित भएका थिए।
मंसिर २१ बाट सुरु भएको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो। मंसिर २८ को सचिवालयमा दाहालले १९ पेजको प्रस्ताव पेस गरेपछि ओलीले मंसिर १३ को बैठकमा ३८ पेजको जवाफी प्रस्ताव पेस गरेका थिए। आजको बैठकमा ओली र दाहालले आफ्ना प्रस्तावमाथि व्याख्या गर्ने र त्यसपछि सचिवालयका सदस्यहरूले धारणा राख्ने कार्यसूची तय भएको छ।
Facebook Comments


























