मंसिर २६ । क्लब टोटेनहम हस्टपुर युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो।
टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीको जितमा कार्लोस भिनिसियस र जियोभानी लो सेल्सोले गोल गरे। रोयल एन्टवेर्पले हारे पनि समूह उपविजेताको रुपमा अघि बढ्न सफल भयो। टोटेनहमल १३ तथा एन्वेर्पले १२ अंक जोड्यो।
Facebook Comments


























