काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसका सहमहमन्त्री डा.प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्तिका विरुद्ध सशक्त आन्दोलन गर्ने बताएकाछन्। गजराज जोशी ट्रष्टले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै आन्दोलनले सरकारलाई घुँडा टेकाउने टिप्पणी गरे।
डा.महतले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको सरकारी दमनको बदला लिई छाड्ने चेतावनीसमेत दिए। डा.महतले नेपालकै पहिलो धावक गजराज जोशी नेपाली खेलकुद क्षेत्रका अग्रणी भएको बताए।
Facebook Comments

























