मंसिर १९ । दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय क्रिकेट स्थगित भएको छ। दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि पहिलो एकदिवसीय स्थगित गरिएको हो। घरेलु टिम र इंग्ल्यान्डबीचको पहिलो खेल आज केप टाउनमा हुने तालिका रहेको थियो।
तर, दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना पुष्टि भएसँगै खेल स्थगित गरिएको हो। कोरोना संक्रमित खेलाडीको नाम भने गोप्य राखिएको छ। अब दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ। यस अघि इंग्ल्यान्डले टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो।
Facebook Comments


























