मंसिर १९ । भारतले पहिलो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई जितका लागि १ सय ६२ रनको लक्ष्य दिएको छ। क्यानबेरामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो।
भारतका लागि केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै रविन्द्र जडेजाले अविजित रहदै ४४ रन जोड्दा दिपक चाहर सुन्य रनमा अविजित रहे। त्यस्तै सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डयले १६ रन बनाए। कप्तान विराट कोहली ९ रनमा आउट हुँदा वासिङ्गटन सुन्दरले ७, शिखर धवनले १ र मनिस पाण्डेले २ रन बनाए। अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३ विकेट लिए। मिचेल स्टार्कले २ तथा एडम जाम्पा र मिचेल स्विपसनले १र१ विकेट लिए।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले घरेलु टिमसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ। यस अघि भारतले एकदिवसीय सिरिज २-१ ले गुमाएको थियो।


























