मंसिर १९ । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा न्युजिल्याण्डले उच्च स्कोर खडा गरेको छ। ह्यामिल्टनमा जारी टेस्टको दोस्रो दिन शुक्रबार न्युजिल्याण्डले ७ विकेट गुमाएर ५ सय १९ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको छ।
न्युजिल्याण्डको उच्च स्कोरमा कप्तान केन विलियम्सनले २ सय ५१ रनको दोहोरो शतकीय इनिङ्स खेले। टेस्टमा विलियम्सनको यो तेस्रो दोहोरो शतक हो। यस्तै टम लाथमले ८६ रनको अर्धशतकीय इनिङ्स खेल्दा केली जेमिसनले अविजित रहदै ५१ रन बनाए।
रोस टेलरले ३८ तथा टम ब्लुनडेलले १४ रन बनाए। वेस्ट इन्डिजका केमार रोच र शानन ग्राबियलले ३र३ विकेट लिए। न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ। यस अघि वेस्ट इन्डिजले टी-ट्वान्टी सिरिज गुमाएको थियो। एजेन्सी
Facebook Comments


























