काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। उनी केही बेरअघि शीतल निवास पुगेको स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
पछिल्लो समय नेकपामा देखिएको विवादका कारण प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। अहिले देखिएको नेकपा विवादमा प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याउन सक्ने अनुमान गरिएकाले यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो। आजै मन्त्रिपरिषद् बैठक पनि बस्दै छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक चाहिँ अस्वीकार गरेका थिए।
Facebook Comments


























