मंसिर १८ संयुक्त राष्ट्रसंघको एक आयोगले गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट हटाएको छ। यसको औषधीय गुणलाई पहिचान गरेर उसले सूचीबाट हटाएको हो।
लागूऔषध सम्बन्धी संयुक्त राष्ट्रसंघ आयोगले बुधवार विश्व स्वास्थ्य संगठनको सिफारिशलाई स्वीकृति दिँदै गाँजा र यसको धूलोलाई चौथो शेड्युलबाट हटाएको छ। शेड्युलमा गाँजालाई हेरोइन र अन्य लागूऔषधसँगै राखिएको थियो।
‘औषधीय उद्देश्यका लागि गाँजा उपयोग गर्ने लाखौै मानिसहरू यस खबरलाई स्वागत गर्छन् र यसले गाँजाबाट बन्ने औषधीय उत्पादनको बढ्दो बजारलाई प्रतिबिम्बित गर्छ,’ औषधि नीति पैरवी समूहहरूले एक विज्ञप्ति निकालेर बताए। एजेन्सी
Facebook Comments


























