मंसिर १८ । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा सतप्रतिशत जितको नतिजालाई कायम राखेको छ। बुधबार भएको समूह एचको खेलमा बार्सिलोनाले हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एक एक गोल गरे।
खेलमा सुरुवाती अग्रता बार्सिलोनालाई ग्रिजम्यानले दिलाएका थिए। जोडी अल्बाको पासलाई सदुपयोग गर्दै ग्रिजम्यानले स्पेनिस महारथीलाई अघि बढाएका थिए।
ब्रेथवेटले डेम्बेलेको पासलाई सदुपयोग गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। खेलको २८ औं मिनेटमा डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमै बार्सिलोनालाई ३–० को सहज अवस्थामा पुर्याएका थिए। डिबक्सभित्र ब्रेथवेटलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। पहिलो हाफको १४ मिनेटभित्र बार्सिलोनाले तीन गोल सम्भव गरेको थियो। बार्सिलोनाले समूह विजेताका लागि अर्को हप्ता युभेन्ट्ससंग खेल्दैछ।
प्रशिक्षक रोनाल्डो कोम्यानले गत आईतबार ओसासुनाविरुद्ध खेलाएका ५ खेलाडी परिवर्तन गरेका थिए। कोम्यानले मुख्य फरवार्ड लियोनल मेस्सीलाई हंगेरीको क्लबविरुद्ध आराम दिएका थिए। बार्सिलोना यसअघिनै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको छ। बार्सिलोना १५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। हंगेरीको क्लबको मात्र एक अंक छ। एजेन्सी


























