मंसिर १८ । ब्राजिली स्टार फरवार्ड नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को शानदार जित हात पार्यो। जसमा नेयमारले मात्रै २ गोल गरे। यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदला पनि लिएको छ।
ओल्डट्राफोर्डमा पीएसजीको जितमा नेयमारबाहेक अर्को एक गोल कप्तान मार्किन्हसले गरे। घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो। एजेन्सी
Facebook Comments

























