मंसिर १७ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन्। सन्दीपले सामाजिक संजालमा एक पोस्ट गर्दै आफु कोरोना भाईरसको संक्रमणबाट मुक्त भएको बताएका छन्। सन्दीप १० दिनको सेल्फ आईसोलेनपछि कोरोना मुक्त भएका हुन्। सन्दीपले बुधबार आफुलाई कोरोनाको संक्रमण देखिएको बताएका थिए।
यस्तै सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएका थिए। बिग बास क्रिकेट लिगका अष्ट्रेलिया जाने तयारीमा रहेका सन्दीप चाँडो निको हुनलाई अस्पताल भर्ना भएको हुन्। सन्दीप बिग बास खेल्न डिसेम्बर १५ मा त्यसतर्फ जाने तयारीमा छन्। यसपटक सन्दीप होबार्ट हुरिकेन्सबाट बिग बास खेल्ने छन्। एजेन्सी
Facebook Comments


























