चितवन, मंसिर १७ । रोटरी क्लवहरु बीच चितवनमा आयोजना गरिएको रोटा क्वीज प्रतियोगितामा रोटरी क्लव अफ रत्ननगर र रोटरी क्लव अफ भरतपुर विजयी भएका छन। रोटरी क्लवको जोन २३ तर्फ भरतपुर रोटरी र जोन २४ तर्फ रत्ननगर रोटरी क्लव विजयी भएको रोटरी क्वीजका रिजन चियर विपीन पोखरेलले जानकारी दिए।
भरतपुरमा भएको कार्यक्रममा जोन २३ तर्फ पाँच वटा क्लव र जोन २४ तर्फ चार वटा क्लवहरुको सहभागिता रहेको थियो। चितवन, गैंडाकोट र कावासोतीका रोटरी क्लवहरुको सहभागिता रहेको सो प्रतियोगिताको निर्णायकमा रोटरी क्लव अफ भरतपुरका पूर्व अध्यक्ष प्रा.डा.आइपी ढकाल रहेका थिए।
रोटरी क्लवका पदाधिकारी तथा सदस्यहरुको बौदिक विकास र क्षमता अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको रोटरी क्लव अफ रत्ननगरका निर्वतमान अध्यक्ष तथा रोटा क्वीजका रिजन चियर पोखरेलले बताए। रोटरी क्लव अफ भरतपुरका अध्यक्ष रेबन्त भट्टराईले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लव अफ नारायणी मीट टाउनका निर्वतमान अध्यक्ष अशिष भण्डारीले रोटा क्वीज गराएका थिए। कार्यक्रममा जोन २३ का असिष्टेन गर्भनर प्रेमकृष्ण खनाल र जोन २४ का असिष्टेन गर्भनर रमेश श्रेष्ठ अतिथि रहेका थिए।


























