पर्सा, मंसिर १७ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसदलाईबन्द गरिराख्न नहुने भएकाले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका छन्।
नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले देशभित्र उठेका प्रश्नको जवाफ दिन सरकारले संसदको विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताए।
उनले कोरोना सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक सङ्घर्षमा उत्रिने तयारी गरेको पनि बताए। रासस
Facebook Comments


























