काठमाडौं, मंसिर १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बुधवार दिउँसो १ बजेका लागि निर्धारण गरिए पनि केही ढिला हुने भएको छ। महासचिव विष्णु पौडेलले बैठक केही ढिला हुने लोकान्तरलाई जानकारी दिए। नेकपाभित्र विवाद चर्किएका बेला बैठक हुनेरनहुने अनिश्चित थियो। महासचिव पौडेलको कार्यव्यस्तताका कारण बैठक १ घण्टा पर सारेर दिउँसो २ बजे बस्ने गरी बोलाइएको नेकपा स्रोतले जनाएको छ।
बुधवार सचिवालय बैठक राख्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार अनिच्छा व्यक्त गरे पनि अन्तिममा बैठकमा सहभागी हुन तयारी गरिरहेका बालुवाटार स्रोतले जनाएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले बहुमतका आधारमा अगाडि बढ्न खोजेपछि ओली असन्तुष्ट छन्।
Facebook Comments


























