मंसिर १५ । घरेलु टिम न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल रद्द भएको छ। माउन्ट माउनगानुईमा सोमबार वर्षाको कारण न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको खेल नतिजा विहीन सकिएको हो।
बे ओभलमा वेस्ट इन्डिजले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। भारी वर्षा हुनु अघि वेस्ट इन्डिजले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो। अन्तिम खेल रद्द भएसँगै ३ खेलको सिरिज न्युजिल्याण्डले २-० ले जितेको छ। घरेलु टोलीले सुरुवाती दुई खेलमा लगातार जित निकालेको थियो।
न्युजिल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा न्युजिल्याण्डले ७२ रनको जित निकालेको थियो। एजेन्सी
Facebook Comments


























