मंसिर १५ । बोल्याण्ड पार्क स्टेडियममा खेलिएको दोश्रो टी-२० मा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ। यसका साथै इंग्ल्याण्ले ३ म्याचको सीरीजमा २० को अग्रता लिएको छ। डेविड मलानले ५५ रनको पारी खेलेका थिए। टी-२० को अन्तिम सीरीज १ डिसेम्बरमा केप टाउनमा हुनेछ।
पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रनको टार्गेट दिएको थियो। जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
Facebook Comments


























