मंसिर १५ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव नतिजालई लिएर आफ्नो जितबाट अझै पछि सरेका छैनन्। री इलेक्शनको उनको याचिका खारेज भएपछि पहिलो पटक एक सञ्चारमाध्यमसँग अन्तर्वार्ताका क्रममा उनले जो बाइडेनलाई राष्ट्रपति नमान्ने बताएका हुन्।
उनले भने, ‘म बाइडेनलाई राष्ट्रपतिको रुपमा कहिल्यै स्विकार गर्नेछैन, किनभने म उनले चुनावमा गरेको धाँदलीलाई बिर्सन सक्दिन।’ फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो जानकारी दिएका हुन्। एजेन्सी
Facebook Comments


























