मंसिर १४ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब चेल्सी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ। चेल्सीले घरेलु मैदानमा टोटेनहमको सामना गर्नेछ। चेल्सी र टोटेनहमबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ।
टोटेनहमविरुद्ध मैदान उत्रदा चेल्सी जित निकाल्ने योजनामा हुनेछ। तर, बलियो टिमविरुद्ध चेल्सीलाई जित निकाल्न सहज भने हुने छैन। चेल्सी ९ खेलमा १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ। टोटेनहमलाई हराउँन सकेमा चेल्सीले शीर्ष स्थानको लिभरपुलसँगको अंक बराबरी गर्नेछ।
यता, टोटेनहम ९ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। चेल्सीलाई हराएर टोटेनहम शीर्ष स्थानमा उक्लन चाहन्छ। प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर युनाईटेडले साउथह्याम्पटनसँग खेल्नेछ। युनाईटेडले उसैको मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ।
युनाईटेड १४ अंक जोडेर नवौं स्थानमा रहेको छ। घरेलु टिमलाई हराएर युनाईटेड अंक तालिका सुधार गर्न चाहन्छ। पाँचौ स्थानको साउथह्याम्पटनको १७ अंक रहेको छ।
यस्तै आर्सनलएल उल्भ्ससँग खेल्नेछ। आर्सनलले घरेलु मैदानमा उल्भ्ससँग खेल्नेछ। आर्सनल उल्भ्सलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। आर्सनल १३ अंक जोडेर १४ औं स्थानमा रहेको छ। उल्भ्स १४ अंक जोडेर १० औं स्थानमा रहेको छ। एजेन्सी


























