मंसिर १३ । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले आज बेनेभेन्टोसँग प्रतिस्पर्धा गर्दैछ। साविक विजेता समेत रहेको युभेन्ट्सले बेनेभेन्टोसँग उसैको मैदानमा खेल्नेछ। दुई टिमबीचको खेल नेपाली समय अनुसार पौने ११ बजे सुरु हुनेछ।
बेनेभेन्टोविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जित निकाल्ने योजनामा हुनेछ। युभेन्ट्स घरेलु टोलीलाई हराएर तालिकाको शीर्ष दुईमा उक्लन चाहन्छ। युभेन्ट्स ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ। बेनेभेन्टोको मैदानमा जित निकालेमा युभेन्ट्स शीर्ष दुईमा उक्लने छ। बेनेभेन्टो ९ अंक जोडेर १४ औं स्थानमा रहेको छ। युभेन्ट्सलाई हराएर बेनेभेन्टो अंक तालिका सुधार गर्न चाहन्छ।
यस्तै इन्टर मिलानले सासोउलोसँग खेल्नेछ। पाँचौं स्थानको इन्टर जित निकाल्दै शीर्ष तीनमा उक्लने योजनामा हुनेछ। यस्तै अर्को खेलमा एटलान्टाले हेलास भेरोनासँग खेल्ने तालिका रहेको छ। एजेन्सी


























