मंसिर १३ । बक्सिङका पूर्व हेविवेट च्याम्पियन माइक टाइसन आज बक्सिङ रिङमा फर्कदै छन्। बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुनस् रिङमा फर्कन लागेका हुन्।
टाइसन अमेरिकाको लस एन्जलसमा आयोजना हुने एक प्रदर्शनी फाइटका लागि रिङ उत्रन लागेका हुन्। उनले प्रदर्शनी फाइटमा चारवटा तौल समूहमा विश्व च्याम्पियन बनिसकेका रोय जोन्स जुनियरसँग आज प्रतिस्पर्धा गर्ने छन्। यस अघि यस प्रदर्शनी फाइट सेप्टेम्बर १२ मा तय थियो। तर, कोरोना भाईरसको महामारीको कारण सेप्टेम्बरमा स्थगित गरिएको थियो।
टाइसनले व्यवसायिक रुपमा सन् २००५ मा अन्तिम पटक प्रतिस्पर्धा गरेका थिए। त्यस खेलमा उनी आयरल्याण्डका केभिन म्याकब्राइडसँग पराजित भएका थिए। यस्तै ५१ वर्षका जोन्सले पछिल्लो पटक सन् २०१८ को फेब्रुअरीमा प्रतिस्पर्धा गरेका थिए। एजेन्सी
Facebook Comments


























