रूकुम, मंसिर १३ । रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा वडा नं.८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख, डीएसपी ठगबहादुर केसीले जानकारी दिए।
आठबीसकोट नगरपालिका वडा नं.८ को दाजेबाट १०/१२ जना जन्ती बोकेर वडा नं.१० को घारीखोला फर्किरहेको जीप दुर्घटना भएको हो। जीप चालक डिल्लीबहादुर नेपाली फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























