मंसिर १३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। सन्दीपले सामाजिक संजालमा एक पोस्ट गर्दै आफुलाई कोरोना भाईरसको संक्रमण भएको बताएका छन्। सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको बताएका छन्।
सन्दीपले आफुलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत बताएका छन्।सन्दीपले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताए। यस अघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो। उनीहरु तीनै जना कोरोना मुक्त भईसकेका छन्।
Facebook Comments


























