काठमाडौं, मंसिर १२ । सभामुख अग्नि सापकोटाले राजनीतिक दलहरुमा लोकतन्त्रको अभ्यास हुन नसकेको बताएका छन्। उनले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको पनि कमी रहेको बताए।
शुक्रबार संघीय संसद र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनमुखी विधेयक निर्माणमा विज्ञताको कमी अनुभत भएको बताएका हुन्। प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउन आवश्यक रहेको उनको भनाई छ।
उनले भने, ‘जनमुखी विधेयकहरु बनाउनु पर्छ। प्रदेश र संघलाई एकाकार गरेर नै कानुन बनाउन आवश्यक छ। त्यसका लागि दलहरुमा प्रशिक्षणको कमी भएको छ। विज्ञको कमी छ। सांसदमा पनि त्यो विज्ञताको कमी देखिन्छ। त्यसकारण यसमा ध्यान दिनुपर्छ। पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभूति भएको छैन। पार्टीबाट सांसदहरूलाई राम्रो प्रशिक्षण भएको छैन।’
Facebook Comments


























