काठमाडौं, मंसिर १० । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले पक्राउ गरेको छ।जिल्ला अदालत कास्कीको फरार सूचीमा रहेकी उनलाई पक्राउ गरी कास्की पठाएको वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले जानाकारी दिए।
‘अन्य कुनै विषयमा उजुरी लिएर मकवानपुर जिल्ला प्रहरी कार्यलयमा आउनुभएको थियो। अदालतको फरार सूचीको पत्रअनुसार पक्राउ गरेका हौं,’ डीआईजी लामाले लोकान्तरसँग भने, ‘हामीले जिल्ला प्रहरी कार्यालय कास्की पठाइसकेका छौं।’
Facebook Comments


























