काठमाडौं, मंसिर ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तयार पारेको प्रतिवेदनले नराम्रो नभएको बताएका छन्। स्थायी कमिटी सदस्यहरु हरिबोल र टोपबहादुर रायमाझी प्रचण्डलाई भेट्न सोमबार विहान खुमलटार पुगेका थिए । दुबै नेताले पार्टी विभाजनसम्म जान नहुने बताएका छन्।
जवाफमा प्रचण्डले कात्तिक २८ मा आफूले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म नजाने बताएका छन्। ‘मनमा कुरा गुम्साएर राख्नु भन्दा जानकारी भएकै राम्रो हो’ उनले भनेका छन्, मेरो प्रस्ताव छँदैछ, ओलीजीले पनि ल्याउनु हुन्छ। छलफल हुन्छ र कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन्छ।’
तर अहिले साझा प्रस्ताव आउने सम्भावना नरहेको प्रचण्डको भनाइ थियो। एउटा प्रतिवेदन आइसकेपछि त्यसको जवाफ आउँदा नै समाधान खोज्न पनि सजिलो हुने उनले बताए।
गजुरेल र रायमाझीले भने पार्टी विधि र पद्दतिमा चल्नुपर्ने भएपनि अहिले एकता जोगाउनुपर्ने सुझाव दिएका थिए। ‘पार्टीलाई फुटबाट जोगाएर विधि र पद्धतिमा चल्ने अवस्थामा लैजानुपर्छ भन्ने सुझाव दिऔं’, गजुरेलले भने। जवाफमा प्रचण्डले आफूले कोशिस गरिरहेको र फुटसम्म जान नदिने बताएका थिए।