काठमाडौं, मंसिर ७ । मुलुकको चारवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर आइतबार दिउँसो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले प्रधानमन्त्रीसँग भेटेका हुन्।
भेटमा मुलुकको पछिल्लो घटनाक्रम, चितवन घटना, विप्लव समूहको गतिविधिको बारेमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको भेटमा सहभागि एक उच्च सुरक्षा अधिकारीले बताए। भेट दिउँसो १२ बजेदेखि सव एक बजेसम्म भएको स्रोतले जनाएको छ।
Facebook Comments


























