काठमाडौं, मंसिर ५ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी मुख्यालय धुम्बाराहीबाट बाहिरिएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार अध्यक्ष प्रचण्डले धुम्बाराहीमा पार्टीका केही नेताहरुलाई बोलाएर भेटेका छन्।
सुरुमा महासचिव विष्णु पौडेललाई भेटेका प्रचण्डले संसदीय दलका नेता सुवास नेम्वाङलाई पनि भेटेका छन्। धुम्बाराहीमा प्रचण्डले प्रधानमन्त्रीले के सोचिरहनुभएको छ भनेर नेम्वाङलाई प्रश्न गरेका थिए।
भेटपछि नेम्वाङले दिएको प्रतिक्रियाका अनुसार प्रचण्डले पार्टी एकतालाई बचाउन सबैले मेहनत गरौं भन्ने प्रस्ताव राखेका थिए। नेम्वाङले अध्यक्ष प्रचण्डको १९ बुँदे पत्रले पार्टीभित्र राम्रो नगरेको र ओलीले जवाफ लेखिरहेको बताएका थिए भने प्रचण्डले आफ्नो प्रस्तावले केही नगरेको जिकिर गरेका थिए। आजै प्रचण्ड भेटेर निस्किएपछि महासचिव पौडेलले पार्टीको अवस्था गम्भीर रहेको प्रतिक्रिया दिएका थिए।


























