काठमाडौं, कार्तिक २८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक सुरु भएको हो। दुवै अध्यक्षको सहमतिमा महासचिव विष्णु पौडेलले बैठक बोलाएपछि नेकपाको सचिवालय बैठक आजका लागि तय भएको हो।
बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन्। नेताहरूले बैठकको छलफलले नै एजेन्डा तय गर्ने बताउँदै आएका छन्।
यसअघि अध्यक्ष दाहाल पक्षले सचिवालय बैठकको माग गर्ने र अध्यक्ष ओली पक्षले बैठकमा छलफल गर्ने एजेँडा तय भएपछि मात्र बैठक बस्ने बताउँदै आएका थिए। जसले गर्दा पार्टी कार्यालय धुम्बाराहीमा दाहाल पक्षले दुईपटक सचिवालयको अनौपचारिक बैठक गरेको थियो। जहाँ दाहालसहित पाँचजना नेता सहभागी थिए।


























