चितवन, कार्तिक २८ । चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत पुगेको छ। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार हरेक १०० संक्रमितमा दुईजनाको मृत्यु हुने गरेको हो। जिल्लामा हालसम्म ७९ जना संक्रमितको मृत्यु भएको छ।
सात स्थानीय तहमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिकामा ४६ जना, खैरहनी नगरपालिकामा नौजना, रत्ननगर नगरपालिकामा १० जना, राप्ती नगरपालिकामा आठजना, कालिका नगरपालिकामा छजनाको मृत्यु भएको हो।
जिल्लाका माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने मृत्युदर शून्य रहेको छ। जेठ महिनादेखि संक्रमितको मृत्यु हुन थालेको जिल्लामा सबैभन्दा धेरै कात्तिक महिनामा ४० जना संक्रमितको मृत्यु भएको जनाइएको छ।
Facebook Comments


























