काठमाडौं, कार्तिक २७ । बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले आर्थिक कूटनीतिमा महत्वपूर्ण भुमिका खेल्ने बताएका छन्। बिहीबार संसदीय सुनुवाइ समितिमा बोल्दै उनले भने, ‘व्यापार विस्तारका लागि आर्थिक कुटनीति भएकाले व्यापार विस्तार गर्न व्यापार घाटा घटाएर निर्यात बढाउन भूमिका खेल्छु। त्यहाँका व्यापारी उद्योगीसँग छलफल गर्छु।’
बेलायतको प्रविधि नेपाल ल्याउन पनि आफ्नो भुमिका हुने रेग्मीको भनाई छ। नेपालीहरुको हित संरक्षण तथा ब्रिटिस गोर्खाको हित संरक्षणमा लाग्ने उनले समितिलाई जानकारी गराएका छन्। उनले नेपालको सर्वोपरी हितभन्दा ठूलो आफ्नो लागि अरु केही नभएकाले कार्यसम्पादन गर्दा त्यसलाई ध्यानमा राख्ने समेत प्रतिवद्धता जनाए।
Facebook Comments


























