काठमाडौं, कार्तिक २७ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भइरहेको छ। संसदीय सुनुवाइ समितिमा अहिले प्रस्तावित राजदूतहरुको सुनुवाइ भइरहेको समिति सदस्य भीमसेनदास प्रधानले जानकारी दिए।
अमेरिकाका लागि राजदूत प्रस्तावित युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम प्रस्ताव गरिएको छ।
समितिमा प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध समितिमा उजुरी परेको थियो। तर, उनीहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि कात्तिक १७ गते सोमबार तय भएको सुनुवाइ आजका लागि तय गरेको थियो। मन्त्रिपरिषद्को असोज १६ गते बसेको बैठकले उनीहरुलाई राजदूत सिफारिस गरेको थियो।
Facebook Comments


























