कार्तिक २६ । राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन्। दुबईमा मंगलबार राति सम्पन्न प्रतियोगितामा आर्चर ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिएका हुन्। इमर्जिङ प्लेयर अवार्ड देबदुत पडिकलले जित्दा गेम चेन्जर अवार्ड केएल राहुलले जिते। सुपर स्ट्राइकर अवार्ड केइरन पोलार्ड र पावर प्ले अवार्ड ट्रेन्ट बोल्टले जिते।
यस्तै सबैभन्दा बढी रन बनाएर केएल राहुलले ओरेन्ज क्याप पाएका छन्। सबैभन्दा धेरै विकेट लिएका कागिसो राबडाले पर्पल क्याप पाएका छन्। मोस्ट सिक्स अवार्ड इशान किसनले हात पारे। प्रतियोगिताको उपाधि भने दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक च्याम्पियन बनेको हो। एजेन्सी
Facebook Comments


























