कार्तिक २५ । दक्षिण अफ्रिकाका ब्याट्सम्यान राइली रोसउले मेलबर्न रेनेगेड्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। रेनेगेड्सले मंगलबार विदेशी खेलाडीको रुपमा ब्याट्सम्यान रोसउलाई अनुबन्धन गरिएको जनाएको छ। ३१ वर्षीय ब्याट्सम्यान पहिलो पटक बीबीएल टिममा अनुबन्धित भएका हुन्। अन्य थुप्रै देशका टी-ट्वान्टी लिग खेलेपनि उनले बीबीएल खेलेका थिएनन्। रोसउ रेनेगेड्समा अनुबन्धित हुने दोस्रो दक्षिण अफ्रिकी खेलाडी हुन्।
यस अघि रेनेगेड्सले दक्षिण अफ्रिकाकै भेट्रान स्पिनर इमरान ताहिरलाई अनुबन्ध गरिसकेको छ। यस्तै रेनेगेड्सले अफगानिस्तानका मोहमद नाबी र युवा स्पिनर नुर अहमेदलाई समेत अनुबन्ध गरिसकेको छ। नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ। यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन्।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो। यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईने छ। एजेन्सी


























