अमरगढी, कार्तिक २४ । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ। भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो।
स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसअघि करीब २० वर्ष पहिले अमरगढी नगरपालिका–७ मा एक पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो। रासस
Facebook Comments


























