कार्तिक २४ । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले सिड्नी सिक्सर्सबाट बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। सिड्नीले सोमबार बलर स्टार्कलाई अनुबन्ध गरिएको जनाएको छ। ३० वर्षीय बलर ६ वर्षपछि बीबीएल टिममा आबद्द भएका हुन्। यस्तै उनी तेस्रो पटक सिड्नीबाट बीबीएल खेल्न लागेका हुन्।
यस अघि स्टार्कले सन् २०११/१२ को सिजन सिड्नीबाट खेलेका थिए। त्यस सिजन सिड्नीले पहिलो पटक बीबीएलको उपाधि जितेको थियो। यस्तै पछिल्लो पटक स्टार्कले सन् २०१४/१५ को सिजन सिड्नीबाट बीबीएल खेलेका थिए। नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ। एजेन्सी
Facebook Comments


























