पर्सा, कार्तिक २४ । पर्सामा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका ८, माईस्थान चोकबाट सो रकमसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई प्रहरीले पक्राउ गरेको हो। रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ना।६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँसहित फेला पारी पक्राउ गेरको हो।
Facebook Comments


























