काठमाडौं, कार्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपति चुनिएका जो बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन विजयी भएका छन्। यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी छन्। एजेन्सी
Facebook Comments


























