काठमाडौं, कार्तिक २२ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन्। शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा.भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले किचलोमा संसदलाई पार्न नहुने बताएका छन्।
उनले नेकपाभित्रको आन्तरिक किचलो उसको विषय भएपनि सरकारका पछिल्ला कर्म जनता र प्रतिपक्षी दलको सरोकारको विषय भएकाले संसद अधिवेशन बोलाएर छलफल हुनुपर्ने माग गरेका हुन्।
‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला। उसैले छिनोफानो गरोस्। तर केपी शर्मा ओली सरकारको दुष्कर्म, अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने कि। १)कोरोना २)अर्थतन्त्र ३)संघीयता ४)भ्रष्टाचार ५) विदेश सम्बन्ध, ६)अन्य’, उनले भनेका छन्।

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








