कार्तिक १३ । विगत तीन महिना भित्र स्यामसुंग इलेक्ट्रोनिक्स कम्पनीले ५९ अर्व अमेरिकी डलर वरावरको आर्थिक कारोवार गर्न सफल भएको छ। स्मार्ट फोन बिक्रिमा भएको ५० प्रतिशत वृद्धि र माइक्रोचिप्सको उच्चतम व्यापारको अर्थात ८२ प्रतिशतले भएको व्यापार वृद्धिको कारण सो आर्थिक उपलब्धि भएको कम्पनीले जनाएको छ।
कोरियाली विशाल प्राविधिक कम्पनी स्यामसुंगले तीन महिनाको अवधि भित्र मात्र ८ अर्व ३० करोड डलर नाफा गरेको दावी गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ४९ प्रतिशतले बढि हो। अमेरिकाले स्यासुंगको प्रतिस्पर्धि चिनिया हुवेइ मोवाइल कम्पनी माथि नाकावन्दि लगाएकाले स्यामसुंगको मोवाइल र माइक्रोचिप्सको व्यापारले फ्डको मारेको बताइएको छ।
स्यामसुंगको बढ्दो व्यापारको कारण हुवेइको विश्व बजारमा सेयर पनि निश्चित रुपमा प्रभावित भएको छ। अमेरिकाको संभावित नाकावन्दि अघि नै हुवेइले ठूलो परिमाणमा चिप्सको भण्डारण गरेको थियो। गत अगष्टमा अमेरिकी विदेश विभागले हुवेइलाई चिप्स बेच्ने अन्य कुनै पनि विदेशी कम्पनी माथि पनि प्रतिवन्ध लगाइने जनाएको थियो। एजेन्सी


























