काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबैमा अनुरोध तथा अपिल गरेका छन्। उनले विजयादशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभ-कामना व्यक्त गर्दै कोभिड-१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन्। सभापति देउवाले शुभकामना सन्देशमार्फत् विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन्।
Facebook Comments


























