जाजरकोट, कार्तिक ८ । छेडागाड नगरपालिका-३ दशेरामा माटो खन्दा आएको माटोको ढिस्कोले पुरिँदा आज दिउँसो दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा छेडागाड नगरपालिका ३ की ३० वर्षीया शीतला जैसी, १६ वर्षीया आरती दाहालको मृत्यु भएको छ। अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ।
Facebook Comments


























