कार्तिक ८ । प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका गोलकिपर ज्याक बुटल्याण्डलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। क्रिस्टलका मुख्य प्रशिक्षक रोय होड्सनले गोलकिपर ज्याकलाई कोरोना पोजेटिभ देखिएको बताएका छन्। २७ वर्षीय गोलकिपर यसै समरमा क्रिस्टल आएका हुन्।
समर ट्रान्सफर डेडलाइन डेको दिन स्टोक सिटीबाट १ मिलियनमा उनलाई क्रिस्टलले अनुबन्ध गरेको हो। क्रिस्टलले पहिलो रोजाईका गोलकिपर भिसेन्टे गुईटाको विकल्पको रुपमा उनलाई अनुबन्धित गरेको थियो।
इंग्लिस गोलकिपर ज्याकले क्रिस्टलका लागि डेब्यु भने गरेका छैनन्। कोरोना देखिने उनी क्रिस्टलका दोस्रो खेलाडी हुन्। गत साता फरवार्ड जोर्डनलाई कोरोना पोजेटिभ देखिएको थियो। एजेन्सी
Facebook Comments


























