काठमाडौं, कार्तिक ५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ। प्रचण्डनिवास खुमलटारमा भएको भेटवार्तामा कर्णाली प्रदेशमा उत्पन्न विवाद कसरी किनारा लगाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविस्वासको प्रस्ताव ल्याएपछि यहाँ विवाद हुँदै आएको छ।
Facebook Comments


























