काठमाडौं, कार्तिक ३ । हाल यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे बिराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साहलाई पक्राउ गरेको हो। उनले फोनमार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत सट्टाबाजी गर्ने गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।
सट्टेबाजीमा संलग्न ३५ वर्षीय मन्जित्र साह र २८ वर्षीय अपजर अलीसमेत पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरुका साथबाट २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र र को १८ प ६८८९ नम्बरको पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भई रहेको छ।


























