नवलपरासी, कार्तिक ३ । होम आइसोलेसनमा रहेका गैंडाकोटका एक कोरोना संक्रमितको मृत्यु भएको छ। असोज ३० गते कोरोना पुष्टि भएका गैंडाकोट नगरपालिका–१२ का ८५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले जानकारी दिए। पौडेलका अनुसार सेनाले उनको शव व्यवस्थापन गरेको छ।
यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगिसकेको छ। गैंडाकोट नगरपालिकामा मात्र ४ जनाले ज्यान गुमाएका छन्। जिल्लामा सोमबारसम्म १ हजार ४ सय १२ जना संक्रमित भएका छन्।
Facebook Comments


























