काठमाडौं, कार्तिक ३ । जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनताका समस्याबाट भाग्ने सरकार हुनु र नहुनुमा केही फरक नरहेको बताएका छन्। सोमबार बिहान भट्टराईले ट्विटरमार्फत प्रतिक्रिया दिँदै सर्वसाधारणका समस्यामा मूकदर्शक बन्ने सरकार किन चाहियो ? भन्दै प्रश्न गरेका हुन्।
‘कोरोना उपचार खर्च आफै व्यहोर, बेहोस भए मात्रै अस्पताल जाऊ, वेरोजगार श्रमिक रुँदै गाउँ फर्क, भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैँको मुखमा भारततिरै फर्क,महिनौंदेखि स्कूल,कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर, आसेपासे हरू कमिसन र भत्ता डकार। यस्तो सरकार किन चाहियो ? भट्टराईले ट्विटरमा लेखेका छन्। भट्टराईले रिमुभकेपीआली (केपी ओलीलाई हटाउ) ह्यासट्याग प्रयोग गरेका छन्।
Facebook Comments


























