काठमाडौं, कार्तिक ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छन खोजेको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारणा सार्वजनिक गर्दै उनले आफन्तलाई राज्यकोषबाट अन्धाधुन्द पैसा बाँड्न खोज्ने सरकार अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छन खोजेको भन्दै प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘कम्युनिष्ट सरकारको विपरीत मति। एकातिर आफन्तलाई राज्यकोषबाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ। अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्छ। यो के हो ?’
Facebook Comments


























