काठमाडौं, कार्तिक २ । सांसद भीम रावलले कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्। आफ्नो खातामा दसैं भत्ताको रकम राखिएको थाहा भएको उल्लेख गर्दै रावलले भनेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्।’
उनले ट्वीट गर्दै सांसदहरुले दसैंभत्ता लिनुहुन्न भन्नेमा आफ्नो समर्थन रहेको र आफ्नो खाताबाट रकम कट्टी गर्न मन्जुरी रहेको समेत बताएका छन्। दसैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न या नयाँ बनाउन नपर्नेसमेत उनले स्पष्ट पारेका छन्।
Facebook Comments


























