असोज २९ । बंगलादेशमा आयोजना हुने आईसीसी यू-१९ वुमेन्स विश्वकप क्रिकेट स्थगित हुने सम्भावना बढेको छ। कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप स्थगित हुने सम्भावना बढेको हो।
विश्वकप आगामी २०२१ को जनवरीमा हुने तालिका रहेको छ। तर, कोरोनाको कारण ठुला प्रतियोगिता स्थगित भईसकेको अवस्थामा आईसीसीले यू-१९ वुमेन्स विश्वकप समेत स्थगित गर्ने क्रिकइन्फोले जनाएको छ।
आईसीसीले प्रतियोगिता स्थगित गर्नेबारे निर्णय आगामी नोभेम्बरमा गर्ने बताईएको छ। कोरोनाकै कारण २०२० मा तय भएको पुरुषको टी-ट्वान्टी विश्वकप, २०२१ मा तय भएको महिलाको एकदिवसीय विश्वकप स्थगित भईसकेको छ। स्थगित प्रतियोगिता २०२२ मा आयोजना गरिने बताईएको छ। एजेन्सी
Facebook Comments


























